RayNewsDaily
राष्ट्रियसभाका तीन जना सदस्यद्वारा राजीनामा    

काठमाडौँ । राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिनुभएको छ ।     
     
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गर्नुभएको संसद्का प्रवक्ता एकराम गिरिले राससलाई बताउनुभयो ।     
     
नेकपा नेता गौतम बर्दिया-१, श्रेष्ठ सर्लाही-३ र न्यौपानेले तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदत्याग गर्नुभएको हो । उहाँहरुको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो । रासस

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update