RayNewsDaily
उपन्यासकार शंकर भारतीको उपन्यास 'अनुपम देवता'माथि अन्तरक्रिया

रे समाचार/काठमाडौं । वरिष्ठ उपन्यासकार शंकर भारतीको उपन्यास 'अनुपम देवता'माथि काठमाडौंमा  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो उपन्यासको संशोधित र परिवर्द्धित तेस्रो संस्करण बारे मन्तव्य राख्दै साहित्यकार एवं समीक्षकहरूले त्यो एउटा सबैले मन पराएको सामाजिक उपन्यास भएको बताए ।

प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा रहनु भएको कार्यक्रममा सभापति श्रीओम श्रेष्ठ रोदन रहनुभएको थियो । कार्यक्रममा वक्ता डा. दामोदर पुडासैनी किशोर ,राधेश्याम लेकाली, गोविन्द घिमिरे वेदमणि, पवन आलोक, देविका तिमल्सिना, डा. धनप्रसाद सुवेदीले शुभकामना मन्तव्य राख्नुभएको थियो । उपन्यास समाजका उपाध्यक्ष वियोगी बुढाथोकीले स्वागत गर्नुभएको सभामा डा. दीनबन्धु शर्मा, डा. शान्तिमाया गिरी, मधुसूदन लामिछाने र डा. रामप्रसाद ज्ञवालीले समालोचकीय मन्तव्य राख्नुभएको थियो ।

370184795_10219541051557262_8834362397233204230_n1693210275.jpg

उपन्यासकार शङ्कर भारतीले 'अनुपम देवता' उपन्यास लेख्दाको सन्दर्भ र अनुभवबारे उहाँले चर्चा गर्नु भएको थियो । उपन्यास बारे भनाइ राख्दै उहाँले धेरैभन्दा धेरै पाठकले उपन्यास मन पराइ दिनुभएको कारण उपन्यास तेस्रो संस्करण गर्न पाएकोमा कार्यक्रममा सहभागी सम्पूर्ण र उपन्यासलाई मन पराइ दिनु हुने पाठक सबैलाई हृदयदेखि धन्यवाद दिनुभयो ।

प्रमुख अतिथि शर्माले "उपन्यासकार भारतीका उपन्यास सरल, प्रष्ट र कोमल छ। भारतीको जीवन पनि सोही अनुरूप चलेको पाएको छु " भन्नुभयो। उपन्यासकार भारतीले समालोचकको मन्तव्यपछि नयाँ उपन्यास लेख्ने प्रण गर्नु भएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरूलाई समाजका महासचिव विष्णुबहादुर सिंहले धन्यवादज्ञापन गर्नुभएको थियो । उपन्यास समाज नेपालको आयोजनामा एक समारोहबीच राजधानीमा सम्पन्न कार्यक्रमको सञ्चालन श्रीबाबु कार्कीले गर्नुभएको थियो  ।

२०१३ सालमा डिल्लीबजार, काठमाडौँमा जन्मिनु भएका भारतीको 'अर्को जुनी', 'प्रेम तपस्या', 'अनुपम देवता', 'महापुरुषको सन्तान' र 'अग्नि परीक्षा' उपन्यासहरू प्रकाशित छन् ।

 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update