RayNewsDaily
कांग्रेस विशेष महाधिवेशनः विभिन्न प्रतिवेदनमाथि छलफल जारी   

काठमाण्डू । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ ।     
    
 यही पुस २७ र २८ गतेका लागि आयोजना गरिएको विशेष महाधिवेशनको बन्दसत्रमा विभिन्न प्रतिवेदन उपर छलफल जारी रहेकाले आजसम्मका लागि लम्बिएको हो ।    
    
 विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले आज बिहान ९ बजेदेखि बन्दसत्र पुनः जारी रहने जानकारी दिनुभयो । उहाँले महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रियासमेत जारी रहने बताउनुभयो ।    
    
 कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रियासमेत अगाडि बढाइने बताइएको छ ।    
    
राससका अनुसार महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि नाम दर्ता गर्ने सङ्ख्या सोमबार साँझसम्म ६३ प्रतिशत पुगेको जनाइएको छ ।    

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update