RayNewsDaily
परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान   

काठमाण्डू । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशका पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन गए राति ढाका प्रस्थान गर्नुभएको छ ।    
    
मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी हुनुहुन्छ । उहाँ भोलि पुस १७ गते स्वदेश फर्किने कार्यक्रम छ । नेत्री जियाले प्रधानमन्त्रीका रूपमा नेपाल-बङ्गलादेश सम्बन्ध सुदृढीकरणमा पुर्याउनुभएको योगदान स्मरणीय छ । रासस   
 

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update