RayNewsDaily
पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता    

काठमाडौँ । पूर्वराष्ट्रपतिद्वय डा रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।     
     
नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादवको निवास लाजिम्पाटमा आज भएको भेटमा वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ ।     
     
उहाँहरुबीच वर्तमान सरकारको गतिविधि, आगामी फागुन २१ हुने निर्वाचन र वर्तमान राजनीतिक निकासलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ । रासस

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update