राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सोङले राष्ट्रपति भवनमा बिदाइ भेट गर्नुभएको छ ।
त्यस अवसरमा उहाँहरूबीच नेपाल-चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपतिले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकामा राजदूत छनप्रति धन्यवाद ज्ञापन गर्नुभयो । रासस
प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२ १५:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
