RayNewsDaily
नेपाल-चीन सम्बन्ध समानता, आपसी सम्मान, अहस्तक्षेप र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा आधारित : अध्यक्ष सापकोटा

रमेश हतुवाली/काठमाण्डू । नेपाल-चीन मैत्री युवा संघका अध्यक्ष विष्णु प्रसाद सापकोटाले नेपाल-चीन सम्बन्ध समानता, आपसी सम्मान, अहस्तक्षेप र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा आधारित भएको बताउनु भएको छ । काठमाण्डूस्थित रे मिडिया ग्रुपद्वारा आज आयोजित ‘नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० वर्षः सम्झना र समीक्षा’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सापकोटाले सो विचार व्यक्त गर्नुभएको हो । 

RAY-TV-(138)-1766321196.jpg
सन् १९५५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात नेपाल-चीन सम्बन्ध समानता, आपसी सम्मान, अहस्तक्षेप र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा आधारित रही निरन्तर सुदृढ हुँदै आएको बताउनुहुँदै अध्यक्ष सापकोटाले यी सिद्धान्तहरू आज पनि दुई देशबीचको सम्बन्धका वलियो आधारस्तम्भ बनेका धारणा व्यक्त गर्नुभयो । राजनीतिक, आर्थिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई सुदृढ बनाउने कार्यमा दुवै देशले उल्लेखनीय योगदान पुर्‍याएको स्मरण गर्नुहुँदै अध्यक्ष सापकोटाले विशेषतः नेपाल र चीनका युवाहरूबीचको मैत्रीपूर्ण सम्बन्ध नै दुई देशबीचको सम्बन्धको बलियो आधारस्तम्भको रूपमा रहेको उल्लेख गर्नुभयो।

नेपाल र चीनबीचको सम्बन्ध केवल ७० वर्षको औपचारिक कूटनीतिक सम्बन्धमा मात्र सीमित छैन। यो सम्बन्ध इतिहासको निकै गहिरो पृष्ठभूमिमा आधारित छ। प्राचीनकालदेखि नै हिमालले छुट्याए पनि संस्कृतिले जोडेको नेपाल-चीन सम्बन्ध व्यापार, धर्म, कला र सभ्यताको आदान प्रदानमार्फत् विकसित हुँदै आएको छ। 

RAY-TV-(218)-1766321265.jpg
शिक्षा, संस्कृति, खेलकुद, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा युवाहरूबीच बढ्दो सहकार्यले दुई देशबीचको मित्रतालाई भविष्यतर्फ उन्मुख गराएको पनि अध्यक्ष सापकोटाको भनाइ छ । 

DSC09637-1766321315.JPG
'नेपाल-चाइना मैत्री युवा संघको पहलमा विगतमा सञ्चालन गरिएका युवा अनुभव आदान प्रदान भ्रमण कार्यक्रमहरूले दुवै देशका युवाहरूलाई एक-अर्काको समाज, विकास मोडेल र संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर प्रदान गरेको थियो। ती कार्यक्रमहरूले आपसी समझदारी र विश्वास निर्माणमा अत्यन्तै सकारात्मक भूमिका खेलेका थिए। हाल विभिन्न कारणले यस्ता कार्यक्रमहरू रोकिएको सन्दर्भमा, यसलाई पुनः सुचारु गर्नु आजको समयको आवश्यकता भएको हाम्रो स्पष्ट धारणा छ।' अध्यक्ष सापकोटाले भन्नुभयो । 

चीनबाट प्राप्त छात्रवृत्तिहरूले हजारौँ नेपाली युवाहरूको शिक्षा र सपना पूरा गरिदिएको जानकारी दिनुहुँदै अध्यक्ष सापकोटाले यस्ता कार्यक्रमहरुको विस्तार गर्दै नेपालमै चिनियाँ दूतावासमार्फत् प्रविधि, शिक्षा, उद्यम र युवा नेतृत्व निर्माणका लागि युवामैत्री आवधिक कार्यक्रमहरु सञ्चालन गर्न सके अझ नेपाल-चीन सम्बन्धलाई जनस्तरमा बढाउन सकिने बताउनुभयो । 

सम्बोधनको पूर्णपाठ

नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाका ७० वर्षः स्मरण र समीक्षा कार्यक्रमका अध्यक्ष रे टेलिभिजन ग्रुपका अध्यक्ष  प्रकाशबाबू पौडेलज्यू
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालज्यू,
नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधि
माननीय पूर्व मन्त्री
चीनका लागि नेपाली पूर्वराजदूतहरु
नेपाल-चीनसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु
आयोजक रे मिडिया ग्रुपका मित्रहरू
CGTN Nepali Service का साथीहरू
तथा यस कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूमा
नेपाल-चीन फ्रेन्डशीप युथ एसोसियसनको तर्फबाट हार्दिक अभिवादन।

नेपाल-चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको ऐतिहासिक अवसरमा आयोजित सम्झना र समीक्षा विषयक यस गरिमामय कार्यक्रममा नेपाल(चाइनामैत्री युवा संघको तर्फबाट मन्तव्य व्यक्त गर्ने अवसर पाउँदा मलाई निकै  खुशी लागेको छ। नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवको अवसरमा सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।

नेपाल र चीनबीचको सम्बन्ध केवल ७० वर्षको औपचारिक कूटनीतिक सम्बन्धमा मात्र सीमित छैन। यो सम्बन्ध इतिहासको निकै गहिरो पृष्ठभूमिमा आधारित छ। प्राचीनकालदेखि नै हिमालले छुट्याए पनि संस्कृतिले जोडेको नेपाल-चीन सम्बन्ध व्यापार, धर्म, कला र सभ्यताको आदान प्रदानमार्फत् विकसित हुँदै आएको छ। अरनिको जस्ता महान् नेपाली कलाकारको योगदान, बौद्ध दर्शनको प्रसार तथा आपसी विश्वासमा आधारित सहकार्यले दुई देशबीचको मित्रतालाई सदियौँदेखि मजबुत बनाउँदै आएको छ।

सन् १९५५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात नेपाल-चीन सम्बन्ध समानता, आपसी सम्मान, अहस्तक्षेप र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा आधारित रही निरन्तर सुदृढ हुँदै आएको छ। यी सिद्धान्तहरू आज पनि दुई देशबीचको सम्बन्धका बलियो आधारस्तम्भ बनेका छन्। राजनीतिक, आर्थिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई सुदृढ बनाउने कार्यमा दुवै देशले उल्लेखनीय योगदान पुर्‍याएको स्मरण गर्न चाहन्छु। 

विशेषतः नेपाल र चीनका युवाहरूबीचको मैत्रीपूर्ण सम्बन्ध नै दुई देशबीचको सम्बन्धको बलियो आधारस्तम्भको रूपमा रहेको छ। शिक्षा, संस्कृति, खेलकुद, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा युवाहरूबीच बढ्दो सहकार्यले दुई देशबीचको मित्रतालाई भविष्यतर्फ उन्मुख गराएको छ।

नेपाल-चाइना मैत्री युवा संघको पहलमा विगतमा सञ्चालन गरिएका युवा अनुभव आदान प्रदान भ्रमण कार्यक्रमहरूले दुवै देशका युवाहरूलाई एक(अर्काको समाज, विकास मोडेल र संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर प्रदान गरेको थियो। ती कार्यक्रमहरूले आपसी समझदारी र विश्वास निर्माणमा अत्यन्तै सकारात्मक भूमिका खेलेका थिए। हाल विभिन्न कारणले यस्ता कार्यक्रमहरू रोकिएको सन्दर्भमा, यसलाई पुनः सुचारु गर्नु आजको समयको आवश्यकता भएको हाम्रो स्पष्ट धारणा छ।

चीनबाट प्राप्त छात्रवृत्तिहरूले हजारौँ नेपाली युवाहरूको शिक्षा र सपना पूरा गरिदिएको छ। यस्ता कार्यक्रमहरुको विस्तार गर्दै नेपालमै चिनियाँ दूतावासमार्फत् प्रविधि, शिक्षा, उद्यम र युवा नेतृत्व निर्माणका लागि युवामैत्री आवधिक कार्यक्रमहरु सञ्चालन गर्न सके अझ नेपाल-चीन सम्बन्धलाई जनस्तरमा बढाउन सकिने मैले देखेको छु।

चिनियाँ राष्ट्रपति सि जिनपिङज्यूले युवाहरूलाई राष्ट्रको भविष्य, परिवर्तनका संवाहक र समाजको नेतृत्वकर्ता मानेर दिएको महत्त्व हामी सबैका लागि प्रेरणाको स्रोत हो। उहाँले युवाहरूलाई अनुशासन, परिश्रम, दीर्घकालीन सोच र राष्ट्रप्रतिको जिम्मेवारीमा केन्द्रित रहन आग्रह गर्नुभएको छ। यी मूल्य र दृष्टिकोणबाट हामी नेपाली युवाहरूले पनि धेरै सिक्दै आफ्नो देशको विकासमा सकारात्मक योगदान दिन सक्नेछौँ।

हामीले सात दशकको गौरवशाली यात्रा पूरा गरिसकेका छौं। हामीले हिमालय क्षेत्रको जलवायु परिवर्तन, डिजिटल अर्थतन्त्र, साइबर सुरक्षा, क्षेत्रीय शान्ति र स्थिरता जस्ता वैश्विक चुनौतीहरूमा पनि साथ दिनुपर्छ। नेपालले आफ्नो भू-राजनीतिक स्थानको बुद्धिमत्तापूर्ण उपयोग गर्दै चीन र दक्षिण एसियाको बीचमा शान्ति र समृद्धिको पुलको रूपमा काम गर्न सक्छ।

अन्त्यमा, नेपाल-चीन मित्रताको यो ७० वर्षे गौरवपूर्ण यात्रालाई समीक्षा गर्दै आगामी दिनहरूमा युवामैत्री सहकार्य, अनुभव आदान प्रदान र साझा भविष्य निर्माणमा अझ सक्रिय भूमिका खेल्न नेपाल-चाइना मैत्री युवा संघ प्रतिबद्ध रहेको कुरा व्यक्त गर्न चाहन्छु। यस ऐतिहासिक अवसरमा यस्तो अर्थपूर्ण कार्यक्रम आयोजना गर्नुभएकोमा आयोजक रे टेलिभिजन ग्रुप तथा सहआयोजक CGTN Nepali Service लाई हार्दिक आभार व्यक्त  गर्दछु। धन्यवाद।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  २३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update