RayNewsDaily
काठमाण्डूमा सातौं चिनियाँ भाषा तालिम कक्षा सम्पन्न

रमेश हतुवाली/काठमाण्डू । पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीहरुका लागि सञ्चालन गरिएको ६ महिने अवधिको ७ औं चिनियाँ भाषा तालिम कक्षा सम्पन्न भएको छ । 

f0440bcb-7968-4441-923f-80f2587e65f2-1766226543.jpg
नेपाल–चीन साँस्कृतिक तथा शैक्षिक परिषदले काठमाण्डूस्थित चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डसँगको समन्वयमा सो भाषा कक्षा काठमाण्डूमा सम्पन्न गरेको हो । नेपालका लागि चिनियाँ राजदूतावासका मिनिस्टर काउन्सिलर चौ फान, नेपाल पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, नेपाल पर्यटन बोर्डका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐर र नेपाल–चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डाक्टर हरिश्चन्द्र शाहले एक भव्य समारोहबीच सो भाषा कक्षाको समापन गर्नुभएको हो । 

नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सम्पन्न सो समापन समारोहमा प्रमुख अतिथिका रुपमा बोल्नुहुँदै चिनियाँ राजदूतावासका मिनिस्टर काउन्सिलर चौ फानले चिनियाँ भाषा जान्नु भनेको विश्वकै सबैभन्दा ठूलो पर्यटक बजारलाई सेवा दिने चाबी हातमा लिनु हो भन्नुभयो । उहाँँले चिनियाँ भाषाको ज्ञानबाट नेपालसहित विश्वभरको पर्यटन उद्योगको पुनरुत्थानमा समेत सकारात्मक र महत्वपूर्ण योगदान पुगिरहेको बताउनुभयो । 

Zhou-Pan-1766224441.jpgचौ फान, मिनिस्टर काउन्सिलर, चिनियाँ राजदूतावास फोटो: रमेश हतुवाली
नेपाल पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले चिनियाँ राजदूतावाससँगको समन्वयमा सञ्चालन भएको चिनियाँ भाषा कक्षा महत्वपूर्ण रहेको बताउनु भयो । पर्यटन व्यवसाय र अन्य विभिन्न किसिमका व्यवसायहरुको सफलताका लागि पनि चिनियाँ भाषाको अध्ययन आवश्यक र सान्दर्भिक रहेको महानिर्देशक लामिछानेको भनाइ छ । साथै उहाँले देशको पर्यटन उद्योगमा चिनियाँ भाषा जानेका व्यवसायीबाट सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।     

 Ramkrishna-Lamichane-1766224777.jpgरामकृष्ण लामिछाने, महानिर्देशक, नेपाल पर्यटन विभाग फोटो: रमेश हतुवाली

समापन समारोहमा बोल्नुहुँदै नेपाल पर्यटन बोर्डका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले नेपालस्थित चिनियाँ राजदूतावासको सहयोगमा नेपाल पर्यटन बोर्ड र नेपाल–चीन साँस्कृतिक तथा शैक्षिक परिषद्ले ७ औं चिनियाँ भाषा कक्षा पनि सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिनुभयो । नेपाली पर्यटन क्षेत्रको विकासमा चिनियाँ पर्यटकहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुहुँदै उहाँँले चिनियाँ भाषाको अध्ययनबाट नेपालस्थित पर्यटन व्यवसायीहरुलाई ठूलो लाभ पुग्ने धारणा समेत व्यक्त गर्नुभयो । 

Hikmat-Singh-Aiar-1766224900.jpg हिक्मत सिंह ऐर, का. प्रमुख कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्ड फोटो: रमेश हतुवाली

चिनियाँ भाषा कक्षा सञ्चालक संस्था नेपाल–चीन साँस्कृतिक तथा शैक्षिक परिषदका अध्यक्ष डा. हरिश्चन्द्र शाहले चीनसँग भएका बिभिन्न सम्झौताहरु मध्ये नेपालको पर्यटन क्षेत्रको बिकासका लागी चीन सरकारले नेपाली जनशक्तिलाई चिनियाँ भाषा तालिम दिने सम्झौता अनुरुप ४७ जना पर्यटन व्यवसायीहरुले सातौ ब्याच उतिर्ण गरेको जानकारी दिनुभयो । नेपालको शैक्षिक क्षेत्रका विकासका लागि चीन सरकारले निरन्तर दिएको सहयोगका लागि अध्यक्ष शाहले चीन सरकारलाई धन्यवाद समेत व्यक्त गर्नुभयो । 

Harish-Chandra-Shah-1766225005.jpgडा. हरिश्चन्द्र शाह, अध्यक्ष, नेपाल-चीन साँस्कृतिक तथा शैक्षिक परिषद फोटो: रमेश हतुवाली

समापन समारोहमा भाषा कक्षाका विद्यार्थीहरुले चिनियाँ थाई ची, चिनियाँ आपेरा, चिनियाँ र नेपाली गीतहरुको समेत प्रस्तुत गरेका थिए । भाषा कक्षा सम्पन्न गरेका विद्यार्थीहरुले चिनियाँँ भाषाको ज्ञानबाट व्यवसाय प्रवद्र्धन गर्न ठूलो सहयोग पुग्ने विश्वास समेत व्यक्त गरेका छन् । 

5a3da56b-78ec-44af-8c06-b4f6548cf7b6-1766225209.jpg

 

प्रकाशित मिति: शनिबार, पुस ५, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update