RayNewsDaily
चीन नेपालका लागि एक असल छिमेकी, महत्वपूर्ण व्यापारिक साझेदार र विकास साझेदार : अध्यक्ष दाहाल

रमेश हतुवाली/काठमाण्डू । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले चीन नेपालका लागि एक असल छिमेकीका साथै महत्वपूर्ण व्यापारिक साझेदार, लगानीकर्ता र विकास साझेदारको रूपमा उभिएको बताउनु भएको छ । काठमाण्डूमा रे मिडिया ग्रुपले आज आयोजना गरेको नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० वर्ष 'सम्झना र समिक्षा' विषयक कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष दाहालले सो विचार व्यक्त गर्नुभएको हो ।

'दुई देशले पारस्परिक हित, सहकार्य र समृद्धिको मार्गमा अहिलेसम्म धेरै उपलब्धिहरू हासिल गरेका छन्। आज व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि, खेलकुद, पर्यटन, स्वास्थ्य र जनस्तरको सम्बन्ध जस्ता सबै क्षेत्रमा चिनियाँ सहयोगका कारण उल्लेखनीय प्रगति भएको छ' अध्यक्ष दाहालले भन्नु भयो ।

'नेपालको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डतालाई चीनले सदैव समर्थन गर्दै आएको छ भने नेपालले पनि एक चीनको नीतिलाई व्यवहारमा लागु गरेको छ। क्षेत्रीय तथा विश्व शान्तिमा नेपाल र चीन दुवैले विश्व रंगमञ्चमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्' अध्यक्ष दाहालको भनाइ छ । 

 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update