RayNewsDaily
नेपाल-चीन सम्बन्ध हिमाल जस्तो उच्च र अटल : अध्यक्ष पौडेल

रमेश हतुवाली/काठमाण्डू । रे मिडिया ग्रुपका अध्यक्ष प्रकाश बाबु पौडेलले नेपाल चीन सम्बन्ध हिमाल जस्तो उच्च, अटल र बिशाल रहेको बताउनु भएको छ । 

Udghatan-1766317361.jpg
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको उपलक्ष्यमा काठमाण्डूस्थित रे मिडिया ग्रुपले आयोजना गरेको नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० वर्ष ‘सम्झना र समिक्षा’ विषयक कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष पौडेलले सो विचार व्यक्त गर्नुभएको हो । 

RAY-TV-(110)-1766311138.jpg
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यतामा सुरु भएको सो कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष पौडेलले समयको परीक्षा पार गरेको नेपाल-चीन सम्बन्ध, आर्थिक सहयोग र सांस्कृतिक आदानप्रदानको सिलसिला अझै बलियो र व्यापक बन्दै गएको देख्दा अत्यन्तै खुशी लागेको बताउनु भयो । 'यो मैत्रीको सात दशक लामो सफल यात्रा हामी सबैको लागि गर्वको विषय हो' अध्यक्ष पौडेलले भन्नु भएको छ ।

598281702_10214868152054784_7412927646637600282_n-1766311368.jpg RAY-TV-(26)-1766317555.jpg
सम्बोधनको पूर्णपाठ

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय शभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहाल ज्यू,
चिनियाँ दूतावासका मिनिस्टर काउन्सलर चौ फान (Zhou Pan) ज्यू
पूर्व वातावरण, बवज्ञान तथा प्रविधि मन्त्री गणेश शाहज्यू,
नेपाल सरकारका पूर्व मुख्य सचिव तथा चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालज्यू,
वरिष्ठ लेखक तथा पूर्व राजदूत हिरण्यलाल श्रेष्ठज्यू, 
चीन अध्ययन केन्द्रका महसचिब डा. उपेन्द्र गौतमज्यू,
CGTN काठमाण्डू ब्युरो प्रमुख चाङ युए (Zhang Yue) वर्षाज्यू, 
नेपाल चीन मैत्री युवा सघंका अध्यक्ष बिष्णु सापकोटाज्यू, 
लोकप्रिय कलाकार जीवेश सिह गुरुङ्ज्यू,
आमन्त्रीत पूर्व राजदुतज्युहरु, संचार, व्यापार तथा पर्यटन क्षेत्रका विशिष्ठ अतिथीज्यूहरु,
चिनियाँ दूतावासका साथीहरु, उपस्थित चिनियाँ संचार माध्यमका प्रतिनिधि मित्रहरु, सञ्चारकर्मी साथीहरु, 
हाम्रो कार्यक्रमलाई नेपाल र नेपाल वाहिरबाट हेरेर रे टेलिभिजन, रे न्युज डेली तथा Capital FM 92.4MHz मेगाहर्जमा प्रत्यक्ष जोडिनु भएका मित्रहरु,
कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागी मित्रहरु,
हार्दिक नमस्कार ! Good Afternoon ! Ni Hao !

सन् २०२५ हाम्रा लागि अत्यान्तै महत्वपूर्ण वर्ष रहयो । नेपाल-चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औ बार्षिक उत्सव  नेपाल तथा चीनमा वर्षभर विभिन्न कार्यक्रमहरु गरेर मनाइयो र अब यो वर्ष हामीहरुबाट ओझल पर्दैछ। आजको हाम्रो यो कार्यक्रम यस ऐतिहासिक उत्सवको समापन हो भन्दा अत्युक्ति नहोला । 

नेपाल-चीन कुटनीतिक सम्बन्धको ७० वर्षको गौरवशाली यात्राको स्मरण गर्दै यस अवसरमा नेपाल र चीन माझको ऐतिहासिक सम्बन्धको मजबुत जग बसाल्ने हाम्रा राष्ट्र प्रमुखहरु, राजनीतिक पार्टीका नेताहरु, राजदूतहरु, मैत्री संघहरु र व्यक्तिहरुको अमुल्य योगदान र समर्पणप्रति गहिरो आदर व्यक्त गर्दछौं र भविष्यमा पनि यो ऐतिहासिक मैत्री र सहकार्यलाई निरन्तर अगाडि बढाउने प्रतिवद्धता दोहोर्याउँछौं। उहाँहरुले बसालेको वलियो जगमा उभिएर नै अहिले नेपाल-चीन मैत्री, आपसि सहयोग र साझेदारीले ले नयाँउचाई हासिल गरेको छ । सन् १९५५ मा स्थापित भएको यो सम्बन्ध हिमाल जस्तो उच्च, अटल र विशाल रहेको छ। समयको परीक्षा पार गरेको यो सम्बन्ध, आर्थिक सहयोग र साँस्कृतिक आदानप्रदानको सिलसिला अझै वलियो र व्यापक बन्दै गएको देख्दा हामीलाई अत्यन्तै खुशी लाग्छ। निश्चय नै यो मैत्रीको सात दशक लामो सफल यात्रा हामी सबैको लागि गर्वको विषय हो।

आजको यो विशेष कर्यक्रममा हामीले Ray Media Group तथा CGTN Nepali टिमले चीनको सुन्दर र नेपालको छिमकी सिचाङ (तिब्बत) स्वायत्त प्रदेशमा छायाङकन गरेका ड्कुमेन्ट्री, यात्रा भिडियो तथा यसै अवसर पारेर तयार पारिएको हाम्रो विशेष प्रकाशन 'अजम्बरी साइनो' प्रस्तुत गर्नेछौ ।

यो ७०औं वर्षगाँठको समापन अन्त होइन, बरु नयाँ चरणको सुरुवात हो। हामी विश्वास गर्छौं,  हाम्रो 'ऐतिहासिक तथा सदावहार मैत्री' अझ गहन र विस्तृत हुँदै अगाडि बढ्नेछ, र आउने वर्षहरूमा  हाम्रा दुई राष्ट्र र दुबै देशका जनताहरु आपसी हित तथा 'साझा भविष्यका लागि' मिलेर प्रयास गर्नेछन ।

यसै अवसरमा म हाम्रो अन्तर्राष्ट्रिय मिडिया साझेदार ऋन्त्ल् नेपाली सेवाको ५०औ वार्षिक उत्सवको अवसरमा ऋन्त्ल् नेपाली सेवाका सम्पूर्ण साथीहरुलाई हार्दिक वधाई तथा शुभकामना दिन चाहन्छु र तात्कालिन रेडियो पेकिङबाट आफ्नो सुमधुर स्वरले नेपाली श्रोतालाई सुचना तथा समाचार सुनाउनु हुने, नेपाली भाषा र नेपाली जनताप्रति अगाध प्रेम गर्नुहुने बिभिन्न अवधिका नेपाली विभागका प्रमुखहरु, यु फङ, चौ चाउ च्युन (कुसुम दिदी), चाङ युए (बर्षा) तथा लिउ वेन (सुमेघा) ज्युले नेपाल-चीन मैत्री मा पुर्यानुभएको योगदानको सम्झना र सम्मान प्रकट गर्दछु। त्यसै गरि, चीनको सिचाङ (तिब्बत) स्वायत्त  प्रदेशको ६० औ स्थापना वर्षको विशेष  अवसरमा रे टेलिभिजनको टिमलाई आमत्रण गरी ल्हासा, सिगात्से, जाँदा, पवित्र कैलाश तथा मानसरोवर र पुराङ काउन्टिको नेपाल चीन सिमा हिल्स्सा सम्म पुगेर  छायाङ्कन गर्ने अवसर प्रदान गर्नु भएकोमा  सिचाङ स्वायत्त प्रदेशका मिडिया प्रमुख प्रति आभार प्रकट गर्दै ६० औ वार्षिक उत्सवको अवसरमा सिचाङ स्वायत्त प्रदेशको उत्तत्तरोतर प्रगति र  समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । 

र आजको यो विशेष कार्यक्रम इतिहासको सम्झना, सम्मान र मूल्याङकन गर्दै नेपाल-चीन मैत्री र सहयोगका भविष्यका उज्याला सम्झनाहरुबारे यहाँहरुसँँगै छलफल र प्रतिवद्धताहरु प्रकट गर्न पाउँदा हामी हर्षित छौ । प्रमुख अतिथी राष्ट्रिय शभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहाल ज्यू, चिनियाँ राजदूतावासका  मिनिस्टर काउन्सलर चौ फानज्यू, आदरणीय वक्ताहरु, पूर्वराजदूततज्यूहरु लगायत सम्पूर्ण सहभागी मित्रहरुलाई कायक्रममा हार्दिक स्वागत गर्दछु र यहाँहरुको सहभागिता र अमूल्य समयका लागि हार्दिक आभार प्रकट गर्दछु। यसबाट हामीलाई आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमरु गर्नलाई नयाँँ उत्साह प्रदान गरेको छ । 

Long Live Nepal-China Friendship ! धन्यवाद ! Xie Xie !
 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update