रमेश हतुवाली/काठमाण्डू । रे मिडिया ग्रुपका अध्यक्ष प्रकाश बाबु पौडेलले नेपाल चीन सम्बन्ध हिमाल जस्तो उच्च, अटल र बिशाल रहेको बताउनु भएको छ ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको उपलक्ष्यमा काठमाण्डूस्थित रे मिडिया ग्रुपले आयोजना गरेको नेपाल(चीन कूटनीतिक सम्बन्धको ७० वर्ष ‘सम्झना र समिक्षा’ विषयक कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष पौडेलले सो विचार व्यक्त गर्नुभएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यतामा सुरु भएको सो कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष पौडेलले भव्य कार्यक्रमको आयोजना गर्ने भएको छ ।
ससमयको परीक्षा पार गरेको नेपाल-चीन सम्बन्ध, आर्थिक सहयोग र सांस्कृतिक आदानप्रदानको सिलसिला अझै बलियो र व्यापक बन्दै गएको देख्दा अत्यन्तै खुशी लागेको बताउनु भयो । 'यो मैत्रीको सात दशक लामो सफल यात्रा हामी सबैको लागि गर्वको विषय हो' अध्यक्ष पौडेलले भन्नु भएको छ ।
