RayNewsDaily
एक सय आठ जना महाधिवेशन प्रतिनिधि मनोनीत   

काठमाण्डू । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि १०८ जना प्रतिनिधिमा मनोनीत भएका छन् ।    
    
शुक्रबारको सचिवालय बैठकले तीनजना प्रतिनिधि मनोनयन गरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले कूल प्रतिनिधिको पाँच प्रतिशतका दरले १०८ जनालाई मनोनयन गर्नुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।    
    
 मनोनयन हुनुभएका प्रतिनिधिमा राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमिल्सेना, काठमाडौँ महागरका उपप्रमुख सुनिता डङ्गोल, काठमाडौँ एमाले अध्यक्ष दीपक निरौला, ललितपुर अध्यक्ष पुरूषोत्तम आचार्य, भक्तपुर अध्यक्ष बच्चन देउजालगायत हुनुहुन्छ । रासस   

 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update