विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकमा शाक्यलाई पुनर्वहाली गर्ने सर्वोच्चको परमादेश
रे समाचार/काठमाडौँ । नेपाल विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । सर्वोच्च अदालतले शाक्यलाई आज पुनर्वहालीको आदेश गरेसँगै ऊर्जामन्त्री कुलमान घिसिङले आफू मन्त्री भएपछि गरेको निर्णयमा धक्का लागेको छ ।
घिसिङ सुशीला कार्की नेतृत्वको सरकारमा आएसँगै शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर मनोज सिलवाललाई नियुक्त गर्नुभएको थियो ।
त्यसपछि शाक्य आफूलाई प्राधिकरणमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च पुग्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२ २१:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
