RayNewsDaily
मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिनुहुने        

धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ ।     
     
आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनले बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिनुभयो । यही मङ्सिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आज मन्त्रिमण्डल गठन गर्ने तयारी गर्नुभएको छ । रासस

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update