RayNewsDaily
बन्दीपुर महोत्सव सुरु

काठमाण्डू । आजदेखि बन्दीपुर महोत्सव सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने मूलउद्देश्यका साथ तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा पर्यटकीय नगरी बन्दीपुरमा सो महोत्सव सुरु भएको हो । 

‘उद्योग, व्यापार, पर्यटन र कृषिको प्रवर्द्धनः स्थानीय कला र संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ बन्दीपुर गाउँपालिका–४ टुँडिखेलमा सुरु भएको उक्त महोत्सव यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुनेछ । 

महोत्सवमा दुई लाख पर्यटकले अवलोकन गर्ने र झण्डै पाँच करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको उद्योग वाणिज्य सङ्घ  डुम्रेले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update