RayNewsDaily
जेनजी आन्दोलनका घाइते भेटेपछि स्वास्थ्यमन्त्री : यो आन्दोलन व्यर्थ नजाओस्    

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले जेनजी आन्दोलनका घाइतेलाई भेट्नुभएको छ । उहाँ आज घाइतेको अवस्थाबारे जानकारी लिन त्रिवि शिक्षण अस्पताल, काठमाडौँ मेडिकल कलेज (केएमसी) र राष्ट्रिय ट्रमा सेन्टर जानुभएको थियो ।     
     
“घाइतेको उपचार राम्ररी भइरहेको छ, केहीको अवस्था सुधारोन्मुख र केहीको अवस्था जटिल छ । उपचारमा कुनै कमी हुन दिइन्न”, मन्त्री शर्माले घाइतेलाई भेटेपछि सञ्चारकर्मीसँग भन्नुभयो, “उहाँहरुको अवस्था हेर्दा साह्रै गाह्रो भयो । यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ । जसले सरकारको विरोध गर्नुहुन्छ, चुनाव भाँड्न खोज्नुहुन्छ त्यो नगर्नुस् । म सबैलाई यही अनुरोध गर्न चाहन्छु ।”     
     
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार हाल अस्पतालमा देशभर जेनजी आन्दोलनका ११ जना घाइते उपचाररत् छन् । राष्ट्रिय ट्रमा सेन्टरमा चार, त्रिवि शिक्षण अस्पतालमा तीन, काठमाडौँ मेडिकल कलेजमा दुई तथा बी एण्ड बी र नोबेल मेडिकल कलेजको शिक्षण अस्पतालमा एक/एक जनाको उपचार भइरहेको छ । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update