RayNewsDaily
हमासको कब्जामा पर्नुभएका कञ्चनपुरका जोशी जीवित नरहेको पुष्टि   

 रे समाचार/काठमाण्डू । विगत दुई वर्षदेखि प्यालेस्टाइनी समूह हमासको कब्जामा पर्नुभएका भएका कञ्चनपुरका विपीन जोशी जीवित फर्कने आशा करिब निराशामा परिणत भएको छ । इजरायलका अधिकारीले जोशी जीवित नरहेको पुष्टि गरेका इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।    

शव-प्राप्त-भएका-1760416289.jpg

    
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार इजरायली अधिकारीले नेपाली राजदूतावासलाई सम्पर्क गरेर जोशी जीवित नभएको जानकारी दिएका नेपाली दूतावासले उल्लेख गरेको छ । हमास समूहले इजरायलको किबुल आलुमिमबाट वि.सं. २०८० असोज २३ मा जोशीलाई अपहरण गरेको थियो ।    
    
 नेपालका लागि इजरायलका पूर्वराजदूत हनान गोदरले पनि जोशी जीवित नरहेको सामाजिक सञ्जालमार्फत पुष्टि गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालका लेख्नुभएको छ, “विपीन जोशी अब हामीमाझ रहनुभएन । दुई वर्षको आशा अब समाप्त भएको छ ।”    
    
 इजरायली सञ्चारमाध्यमले पनि जोशी जीवित नरहेको स्पष्ट पारेका छन् । जोशी सन् २०२३ मा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि तालिमका लागि इजरायल जानुभएको थियो ।    

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update