RayNewsDaily
   मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते   

कास्की । पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको भने एक घाइते भएका छन् । आज विहान भएको दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौँ कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।    
    
चालक तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पु बस्ने १७ वर्षीय सङ्गम बानियाँको टाउको र घाँटीमा चोट लागेको छ । पोखरा महानगरपालिका-६ खहरेचोकस्थित हल्लनचोकबाट गैह्राकोचौतारातर्फ जाँदै गरेको ग २४ प ३१० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो ।    
    
वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि मेट्रोसिटी अस्पताल पठाएको थियो । प्रहरीले दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ । दुर्घटनामा परेको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।    

 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update