निर्वाचन गराउन युवा संघ सहयोगी हुने

काठमाडौं । राष्ट्रिय युवा सङ्घ नेपालले वर्तमान सरकार शान्तिपूर्ण, भयरहित र निष्पक्ष प्रतिनिधिसभाको निर्वाचन गराउने आफ्नो मूल उद्देश्यमा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ ।
सङ्घका अध्यक्ष क्षितिज थेबेले आज प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई उक्त जिम्मेवारीमा सफल बनाउन सङ्घले पनि भूमिका खेल्ने जनाउँदै जेनजी समूहले उठाएका माग पूरा गराउन आफूहरु सचेत भएको स्पष्ट गर्नुभएको छ ।
यसैगरी, टे«ड युनियन महासङ्घ (जिफन्ट) का महासचिव लक्ष्मण शर्माले पनि आजै एक प्रेस विज्ञप्ति जारी गरी निर्वाचनमा केन्द्रित हुन सुझाएको छ । रासस
प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२ १४:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय