RayNewsDaily
दशैंँको दिनबाहेक अन्य दिन अध्यागमन विभागले सेवा जारी राख्ने   

काठमाण्डू । अध्यागमन विभागले बडादशैंँको सार्वजनिक बिदाको अवधिमा दशैंँको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ ।    
    
 यही असोज १६ गते विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म यस विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने विभागले जनाएको हो ।    
    
विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीले एक सूचना प्रकाशित गरी यस अवधिमा हुने सार्वजनिक बिदामा मुख्य दिनबाहेक सबै दिनमा सेवा सञ्चालनमा रहने जानकारी दिनुभएको हो । रासस   

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update