RayNewsDaily
राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण    

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।     
     
उहाँले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक नेपालको संविधानबमोजिम आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update