जिल्ला प्रहरी परिसर काठमाण्डूको प्रमुखमा थापा

काठमाण्डू । जिल्ला प्रहरी परिसर काठमाण्डूको प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई प्रदान गरिएको छ ।
बिहीबारको गृहमन्त्रीस्तरीय निर्णयबाट जिल्ला प्रहरी परिसर काठमाण्डूको प्रमुखको जिम्मेवारी थापालाई प्रदान गरिएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परिसर प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक थापालाई दिइएको छ । आधिकारिक रूपमा पत्र आउन बाँकी छ ।”
यसअघिका परिसर प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालय नक्सालमा खटाइएको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२ १०:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय