
काठमाण्डू । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट गुण्डु पुग्नु भएको छ । २०८२ भदौ २३ र २४ गते भएको जेन जीको आन्दोलन चर्किएपछि राजीनामा दिएर २४ गते ब्यारेकमा बस्दै आउनु भएका अध्यक्ष ओली आज बिहीबार बाहिर आउनु भएको हो।
अध्यक्ष ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएपछि बालुवाटार छाड्नु भएको थियो।
यसअघि निजी निवास बालकोटमा बस्दै आउनुभएका अध्यक्ष ओली भक्तपुरको गुण्डु सर्नुभएको हो। त्यहाँ उहाँका निम्ति भाडाको घर लिइएको छ। बालकोटस्थित अध्यक्ष ओलीको घर भने प्रदर्शनकारीले जलाएका छन्। बालकोटको घर जलेकाले ओली गुण्डु सर्नु भएको हो ।
अध्यक्ष ओलीलाई यहाँ ल्याउने पहल एमालेका पोलिब्युरो सदस्य महेश बस्नेतले गर्नुभएको हो । बस्नेतले ओलीलाई भव्य कार्यक्रम मार्फत् सार्वजनिक गरिने सार्वजनिक बक्तव्य नै दिनुभएको थियो ।
अहिले ओली निवासमा एमाले नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ।
यसअघि, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाललगायत सुरक्षाबाट बाहिरिइसक्नु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने सुरक्षा घेरमा नै उपचाररत हुनुहुन्छ । छन्। यो बेला