RayNewsDaily
प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिनुहुँदै चिनियाँ राजदूत छन सोङ । तस्वीर सौजन्य : नेपालस्थित चिनियाँ राजदूतावास

रे समाचार/काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग चिनियाँ राजदूत छन सोङले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज दिउँसो प्रधानमन्त्री सुशीला कार्की र चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको हो ।

भेटमा राजदूत सोङले चीन सधैं नेपालसँग सहकार्य गर्न तयार रहेको र नेपाली जनताको चाहनालाई सम्मान गर्ने बताउनुभयो ।  भेटमा आपसी दृष्टिकोण आदानप्रदान गर्दै गर्दै मित्रता र सहकार्यलाई अझ प्रगाढ बनाउनेबारे दुवै पक्ष सहमत भएको चिनियाँ दूतावासले उल्लेख गरेको छ ।

song-1758188735.jpg
सरकारलाई जे आवश्यक पर्छ, असल छिमेकीको नाताले आफुहरु आगामी दिनहरुमा पनि सहयोगको लागि तयार रहेको राजदूत सोङले बताउनुभयो । कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि छिमेकी राष्ट्रका चिनका राजदूतसँगको यो पहिलो औपचारिक भेटघाट हो ।

प्रधानमन्त्री कार्की र नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवबिच भने गत भदौ ३१ गते नै शिष्टाचार भेटवार्ता भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update