RayNewsDaily
प्रधानमन्त्री कार्कीलाई पाकिस्तानद्वारा बधाई    
पाकिस्ताका प्रधानमन्त्री शेहेबाज सरिफ । फोटो सौजन्य : पाकिस्तानी राजदूतावास, काठमाण्डू

काठमाडौं । पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेको छ ।     
     
प्रधानमन्त्री शेहेबाज सरिफले नेपालको प्रधानमन्त्रीको उच्च पद सम्हाल्नुभएकामा हार्दिक बधाई व्यक्त गर्दै दुई देशबीचनको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री कार्कीसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।     
     
पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री कार्कीलाई पठाउनुभएको शुभकामना सन्देशमा नेपाली जनताको शान्ति र प्रगतिको कामना पनि गर्नुभएको छ । रासस

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update