RayNewsDaily
प्रधानमन्त्री कार्कीद्वारा पदबहाली    

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गर्नुभएको छ । यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी उहाँले गृहमन्त्रालयका लागि नयाँ निर्माण गरिएको भवनमा पदबहाली गर्नुभएको हो ।     
     
सो अवसरमा सरकारका मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो । पदबहालीपछि प्रधानमन्त्री कार्कीले मुख्यसचिवसहित सचिवहरूसँग मन्त्रालयको कार्यविवरणका सम्बन्धमा जानकारी लिनुभएको थियो ।     
     
यही भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । रासस

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update