RayNewsDaily
लुम्बिनी भ्रमणमा भारतीय प्रधानन्यायाधीश गवई   

लुम्बिनी  भारतका प्रधानन्यायाधीश भुषण रामकृष्ण गवईले आज भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको     
    
 न्यायपालिकाको सर्वोच्च जिम्मेवारी सम्हालेपछि उहाँको यो पहिलो नेपाल यात्रा हो भने लुम्बिनी आगमनलाई उहाँले विशेष आध्यात्मिक अवसरका रूपमा लिनुभएको गवईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ), सदस्यसचिव सानुराजा शाक्य, कार्यकारी सदस्य श्याम रोक्का, वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राईसहित कोषका अधिकारी तथा कर्मचारीहरूले स्वागत गरेका थिए     
    
 भ्रमणका क्रममा गवईले लुम्बिनी क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्वबारे जानकारी लिनुभयो उहाँले मायादेवी मन्दिर परिसरमा पुगेर बुद्ध जन्मस्थल अवलोकन गर्दै सूत्रपाठ गर्नुभयो साथै विश्व शान्ति, मानव कल्याण, नेपालको प्रगति भारतनेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गर्दै दियो प्रज्वलनसमेत गर्नुभयो     
    
 लुम्बिनी भ्रमणपछि गवईले लुम्बिनी विकास कोषका पदाधिकारीहरूसँग गुरुयोजना हाल सञ्चालनमा रहेका विकासनिर्माणका गतिविधिबारे चासो देखाउनुभयो उहाँले लुम्बिनीलाई अन्तरराष्ट्रियस्तरमा थप प्रचारप्रसार गर्न नेपालले गरेको प्रयासको प्रशंसा गर्नुभयो यस क्षेत्रमा भारतको सहकार्य निरन्तर रहने विश्वास उहाँले व्यक्त गर्नुभयो प्रधानन्यायाधीश गवईलाई कोषका उपाध्यक्ष लामाले बुद्धको मूर्ति उपहार प्रदान गर्नुभयो     
    
 उक्त कार्यक्रममा नेपाल भारतका न्यायाधीश तथा विधिवेत्ताबीच आपसी अनुभव आदानप्रदान, न्याय क्षेत्रका चुनौती तथा सम्भावनाबारेसमेत छलफल गरिएको थियो प्रधान न्यायाधीश गवईको यस भ्रमणले लुम्बिनीमार्फत नेपालको पर्यटन, सांस्कृतिक धार्मिक महत्त्व अझै उच्चस्तरमा पुग्ने विश्वास लिएको लुम्बिनी विकास कोषले जनाएको  रासस   

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update