ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा दायर
मंगलबार, पुस १, २०८२
उनासी वर्षीय राष्ट्रपति ट्रम्पले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बिबिसीले ‘मेरो मुखमा शब्दहरू राखिदिएको’ दाबी गर्नुभयो । उहाँले उक्त वृत्तचित्र सम्पादन गर्दा ‘एआई वा यस्तै कुनै प्रविधि प्रयोग गरिएको हुनसक्छ’ भन्ने आशङ्कासमेत व्यक्त गर्नुभयो र मुद्दा दायर गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो ।
सुडानमा शान्ति सैनिकको शिविरमाथि आक्रमण, संयुक्त राष्ट्रसंघका महासचिवद्वारा कडा निन्दा
आइतबार, मंसिर २८, २०८२
महासचिव एन्टोनियो गुटेरेसले जारी गर्नुभएको विज्ञप्तिमा उक्त आक्रमणका कारण छ जना शान्ति सैनिकको मृत्यु हुनुका साथै आठ जना घाइते भएको जनाइएको छ । मृतक र घाइते सबै एबिएई क्षेत्रका लागि खटाइएको संयुक्त राष्ट्रसंघीय अन्तरिम सुरक्षा बलअन्तर्गत कार्यरत बङ्गलादेशी शान्ति सैनिक हुन् ।
इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै
शुक्रबार, मंसिर २६, २०८२
यो कारले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टा गति ८ सेकेन्डमा पुर्याउन सक्छ र अधिकतम गति १७० किलोमिटर प्रतिघण्टा छ । जीली अटोले सन् २०२१ को अन्त्यमा इजरायल बजारमा प्रवेश गरेको थियो । जीलीको ब्रान्ड जिक्रका तीन इलेक्ट्रिक गाडी पनि इजरायलमा बिक्री हुँदै आएका छन् ।
म्यानमाको जुन्टा सरकारले अस्पतालमा हवाई आक्रमण गर्दा ३१ जनाको मृत्यु
बिहीबार, मंसिर २५, २०८२
एक सैन्य जेटले बुधबार साँझ बङ्गलादेशको सिमानामा रहेको पश्चिमी राखाइन राज्यको म्राक-यूको अस्पतालमा बम प्रहार गरेको अस्पतालका सहायता कर्मी वाई हुन आङले बताउनु भएको छ । अवस्था निकै डरलाग्दो भएको बताउदै उहाँले ६८ जना घाइते भएकाले थप मानिसहरुको मृत्यु हुन सक्ने बताउनु भएको छ ।
साताको लोकप्रीय

