RayNewsDaily
ट्रम्पको दाबी : अमेरिकासँग पर्याप्त हतियार मौज्दात
ट्रम्पको दाबी : अमेरिकासँग पर्याप्त हतियार मौज्दात सामाजिक सञ्जाल ‘ट्रुथ’ मा गरिएको पोस्टमा ट्रम्पले अमेरिकी रक्षा उद्योगले इतिहासकै धेरै प्लान्ट र कारखाना निर्माण गर्दै ठूलो मात्रामा हतियार उत्पादन गरिरहेको उल्लेख गर्नुभयो । आवश्यकताअनुसार ती हतियार अमेरिकामै आपूर्ति भइरहेको उहाँको भनाइ छ ।
हर्मुजमा इरान-ओमान सहमति अन्तिम चरणमा
हर्मुजमा इरान-ओमान सहमति अन्तिम चरणमा इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईका अनुसार दुवै देशबीच प्रस्तावित समुद्री मार्गको भौगोलिक निर्देशाङ्कमा सहमति भइसकेको छ । तेस्रो पक्षबाट अवरोध नभए संयुक्त वक्तव्य पनि छिट्टै सार्वजनिक हुने उहाँले बताउनुभयो ।
फुएगो ज्वालामुखी विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता, सयौँलाई सुरक्षित स्थानमा सारियो
फुएगो ज्वालामुखी विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता, सयौँलाई सुरक्षित स्थानमा सारियो ज्वालामुखीबाट निस्किएको लावा, पाइरोक्लास्टिक बहाव, ग्यास र खरानीका कारण थप बस्ती खाली गराउने तयारीसमेत भइरहेको अधिकारीहरूले जनाएका छन् । ग्वाटेमालाको विपद् व्यवस्थापन निकाय कनरडका अनुसार जोखिम क्षेत्रमा रहेका आठ गाउँबाट हालसम्म ६५९ जनालाई उद्धार गरी नजिकैका आश्रयस्थलमा राखिएको छ ।
हर्मुजमा कार्गो जहाजमाथि आक्रमण, अमेरिका-इरान तनाव फेरि चुलियो
हर्मुजमा कार्गो जहाजमाथि आक्रमण, अमेरिका-इरान तनाव फेरि चुलियो बेलायतको समुद्री सुरक्षा निकाय युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमटीओ)का अनुसार ओमानको अल खसाबबाट करिब ३७ किलोमिटर उत्तरपूर्वमा रहेको कार्गो जहाजलाई स्थानीय समयअनुसार राति करिब २ बजे अज्ञात प्रक्षेप्यास्त्रले प्रहार गरेको थियो ।
सुडानी सेनाको ड्रोन आक्रमणमा डार्फरको अदालतमा ३५ जनाको मृत्यु
सुडानी सेनाको ड्रोन आक्रमणमा डार्फरको अदालतमा ३५ जनाको मृत्यु सुडानमा अत्याचारका घटनाको अभिलेखीकरण गर्दै आएको स्वतन्त्र समूह ‘इमर्जेन्सी लयर्स’का अनुसार आइतबार उत्तरी डार्फर राज्यको अल-जाविया गारा गाउँस्थित नागरिक अदालतको मुख्यालयलाई ड्रोनबाट निशाना बनाइएको हो ।
ट्रम्पको दाबीपछि इरानले भन्यो : हर्मुज अझै बन्द छ
ट्रम्पको दाबीपछि इरानले भन्यो : हर्मुज अझै बन्द छ इरानको सरकारी सञ्चारमाध्यम आइआरआइबीसँगको अन्तर्वार्तामा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले ओमानसँगको सहमति सुरक्षित समुद्री मार्ग व्यवस्थापनका लागि आवश्यक प्राविधिक पूर्वशर्त मात्र भएको बताउनुभयो ।
चीनमा आकस्मिक बाढीबाट मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो
चीनमा आकस्मिक बाढीबाट मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो सरकारी सञ्चारमाध्यमका अनुसार घटनाको एक सातापछि मृतकको सङ्ख्या अद्यावधिक गरिएको हो । गत जुलाई २६ मा दिनभरका लागि क्याम्पिङ गर्न पर्यटकको भीड लाग्ने ‘सुवाङशिमेन सिनिक एरिया’मा अचानक बाढी पसेको थियो ।
Weather Update