RayNewsDaily
प्रधानमन्त्रीद्वारा गायिका गोलेको निधनप्रति दुःख व्यक्त    
चर्चित लोकदोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङ । फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत गायिका गोलेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले लोकगीतका पारखी र उहाँका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।     
     
“नेपाली लोकगीतमा तामाङ सेलो काठमाडौँ उपत्यका आसपास धेरै लोकप्रिय छ । नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो परिचय बनाउनुभएकी गायिका इन्दिरा गोले गुरुङको निधनको दुःखद् खबर सुनेँ । गायिका इन्दिरा गोलेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लोकगीतका पारखी र उहाँका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु”, प्रधानमन्त्रीले फेसबुकमा लेख्नुभएको छ ।     
     
क्यान्सरबाट पीडित गायिका गोलेको बुधबार ४८ वर्षको उमेरमा निधन भएको हो । रासस

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update