दोलखाको लापिलाङ केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं । दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न ३ः१३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प भएको हो ।
आज बिहान पनि गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रविन्दु भएर चार रेक्टर स्केलको कम्पन भएको थियो । रासस
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२ १६:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
