RayNewsDaily
साझा प्रकाशनले भदौ २० गतेदेखि पुस्तक प्रदर्शनी गर्ने

रे समाचार/काठमाडौं । नेपालका भाषा, कला, संस्कृतिको संवर्द्धनमा विगत ११३ वर्षदेखि सेवा पुर्‍याइरहेको साझा प्रकाशनले पठन संस्कृति विकास गर्न यही २०८२ भदौ २० गतेदेखि पुस्तक प्रदर्शनी आयोजना गर्ने भएको छ ।

उक्त प्रदर्शनी साझा प्रकाशनको केन्द्रीय कार्यालय पुलचोक ललितपुर र देशभरका सम्पूर्ण बिक्रीकक्षहरूमा भदौ २० देखि असोज ३ गतेसम्म रहनेछ । पुस्तकालय दिवस तथा नजिएका चाडपर्वको अवसरमा हुने बिदाका लागि सदुपयोग गर्न उपयोगी हुने भएकाले प्रदर्शनीस्थलसम्म आई पुस्तक खरिद गर्न सजिलो हुने विश्वास साझा प्रकाशनले लिएको छ ।

प्रदर्शनीमा विशेष छुटमा पुस्तक खरिद गर्न सकिनेछ । साथै  नेपाल प्रज्ञाप्रतिष्ठान, सिनासलगायत प्रकाशक तथा व्यक्तिगत प्रकाशनका पुस्तक पनि प्रदर्शनीमा रहने भएका छन् । पुस्तक प्रदर्शनी हरेक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ ।

हाल यस प्रकाशनले देशका सबै भाषा, सबै विधा, भूगोल, जाति, लिङ्ग आदिसित सम्बद्ध प्रकाशनसम्बन्धी काम गरिरहेको छ भने अझ यसको विकास र विस्तार गर्ने लक्ष्य राखेको साझा प्रकाशनका   निमित्त महाप्रबन्धक भेषराज घिमिरेले एक विज्ञप्ति मार्फत जनाउनुभएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update