काठमाडौँ-मन्थली सडक अवरुद्ध

मन्थली (रामेछाप) । लिखु तामाकोशी गाउँपालिका-७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ ।
काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध भएपछि बीच बाटोमा रोकिएका स्थानीय सञ्जीव चौहानले राससलाई जानकारी दिनुभयो ।
यसैबीच, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास जारी रहेको बताउनुभएको छ । रासस
प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२ १३:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय