नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । पहिरोले अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान ९ः३० बजे खसेको पहिरो पन्छाएपछि अहिले दिउँसो १ बजेदेखि सडक पुनःसञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार आज बिहान ४ः२० बजे गएको पहिरो ८ बजे पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो ।
इच्छाकामना गाउँपालिका-५ तुइँनखोला नजिकै पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै सवारी आवागमन सुरु भएको उहाँले जानकारी दिनुभयो ।
आवागमन सुरु भएपछि रोकिएका सवारीसाधनहरू गन्तव्यमा जान थालेका छन् । यस स्थानमा अन्य समयमा पनि ढुङ्गा खस्दै आएकाले सतर्कताका साथ यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । रासस
प्रकाशित मिति: आइतबार, भदौ १, २०८२ १४:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय