गुल्मीमा आगलागीबाट युवतीको निधन

तम्घास (गुल्मी) । घरमा लागेको आगोमा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका-५ वस्तु अमराईस्थित मनी विककी २५ वर्षीया छोरी जुनाको आज विहान मृत्यु भएको वडाध्यक्ष केशवराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार जुना आफैँमा मानसिक अवस्था कमजोर रहेको र उनी आफैँले घरमा आगो लगाएको थिइन् ।
राससका अनुसार स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट रु तीन लाखभन्दा बढीको क्षति भएको जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ११, २०८२ ०९:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय