RayNewsDaily
सुनसरीमा लम्पी स्किनको सङ्क्रमण बढ्दो, ५३ वटा पशु चौपायाको मृत्यु   

इनरुवा (सुनसरी) । जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न स्थानीय तहमा पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढेको छ ।    
    
इनरुवासहित धरान, इटहरी, दुहबी, बराहक्षेत्र, रामधुनी, कोशी, गढी, देवानगञ्ज, बर्जु, भोक्राहानसिंह र हरिनगर गाउँपालिकामा लम्पी स्किनको सङ्क्रमण देखापरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख मनोज मेहताले जानकारी दिनुभयो ।    
    
 जिल्लामा हालसम्म एक हजार ५१६ वटा पशुचौपायामा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । सबैभन्दा बढी दुहबी नगरपालिकामा २७६ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण देखिएको छभने सबैभन्दा कम धरान उपमहानगरपालिकामा १५ वटामा देखिएको छ ।    
    
राससका अनुसार लम्पी स्किनका कारण जिल्लामा हालसम्ममा ५३ वटा पशुचौपायाको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । सबैभन्दा बढी बराहक्षेत्र नगरपालिकामा १३ वटाको मृत्यु भएको छ । हालसम्म ६४ हजार ४४१ वटा पशुचौपायालाई खोप लगाएको प्रमुख मेहताले बताउनुभयो ।    

 

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update