RayNewsDaily
सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु   

चितवन । भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एकजना बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको हो ।    
    
मङ्गलबार अपराह्न उनी खेल्ने क्रममा सेफ्टीट्याङ्कीमा खसेकी थिइन् । उनको तत्काल उद्घार गरी सोही अस्पतालमा भर्ना गरिएकामा साँझ मृत्यु भएको थियो । रासस   

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update