
रमेश हतुवाली/काठमाण्डू । नीजि क्षेत्रबाट सञ्चालित क्यापिटल एफ.एम. ९२.४ मेगाहर्ज २० औं वर्षमा प्रवेश गरेको छ । क्यापिटल एफ.एम. आजदेखि नियमित प्रसारणका १९ वर्ष पुरागरी २० औं वर्षमा प्रवेश गरेको हो ।
क्यापिटल एफ.एम.ले एक जिम्मेवार प्रसारण संस्थाको रुपमा स्थापनाको शुरुवाती चरणदेखि नै नेपाली संचार क्षेत्रमा पृथक पहिचान बनाउन सफल भएको छ । १९ वर्षसम्मका अनेकौं आरोह र अवरोहहरुसँग जुध्दै क्यापिटल एफ.एम.ले जनतालाई सुसूचित गराउने अभियानलाई थप सशक्त बनाएको छ भन्दा फरक पर्दैन ।
स्थापनाकालदेखिनै क्यापिटल एफ.एम.ले सूचना, समाचार र मनोरञ्जन प्रदान गर्दै आइरहेको छ । दुई दशको अवधिमा लाखौं श्रोताको माया र स्नेह प्राप्त गरेको क्यापिटल एफ.एम. आगामी दिनहरुमा बदलिदो प्रविधी र श्रोताका फरक फरक चाहनालाई समेट्दै अघि बढ्ने अध्यक्ष सुशिल राउतले बताउनु भयो । एमएम स्थापना गर्नुभन्दा पनि त्यसलाई निरन्तता दिनु चुनौतीपूर्ण रहेको जानकारी दिनुहुँदै अध्यक्ष राउतले क्यापिटल एफ.एम. विगतका अनुभवको वलमा भविष्यका चुनौतीहरुलाई सामना गर्दै अघि बढ्ने बताउनुभयो ।
क्यापिटल एफ.एम.सँगै स्थापना भएका कैयौं रेडियोहरुको अस्तित्व सदाका लागि समाप्त भएको अवस्थामा पनि श्रोताको माया, व्यवसायीको साथ, सहयोग र शुभचिन्तकहरुको दर्विलो भरोसाले क्यापिटल एफ.एम. निरन्तर अघि बढिरहेको स्टेशन म्यानेजर विमल कुमार थापाको भनाई छ ।
सन् २००६ मा प्रसारण प्रारम्भ गरेको क्यापिटल एफएफले पछिल्लो समय क्यापिटल टेलिभिजन पनि सञ्चालनमा ल्याएको छ । त्यत्तिमात्र नभएर क्यापिटल एफ.एम.ले नयाँ प्रविधिमैत्री सञ्चारमाध्ययमका रुपमा आफुलाई विकास गरेको छ ।
विक्रम सम्वत २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनदेखि २०७२ सालको महाभूकम्प, विश्वव्यापी कोरोना महामारी, विभिन्न विपतको सामना गर्दै आमश्रोतामाझ आफ्नो उपस्थितिलाई यथावत राखेको छ । नेपाली आवाजलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउन सन् २०१२ मा प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चार संस्था चाइना रेडियो इन्टरनेशनलसँगको साझेदारीले क्यापिटल एफ.एम. लाई विश्वव्यापी बनाएको छ ।
यो साझेदारीले नेपाली आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा मात्र पुर्याएको छैन्, अन्तर्राष्ट्रिय परिवेशलाई नेपाली समुदायसामु पुर्याउने अवसर पनि जुराएको छ । २० औं वर्षको यात्रामा जनताको विश्वास, माया र साथ पाएको क्यापिटल एफ.एम.ले आगामी यात्रामा पनि आवाजविहिनहरुको आवाजका रुपमा स्थापित गर्ने संस्थाका अध्यक्ष सुशिल राउतको भनाई छ । नयाँ पुस्तामाझ रेडियोको लोकप्रियतालाई कायम राख्न विश्वमा भइरहेका सूचना प्रविधिका नयाँ नयाँ रुप र प्रयोगलाई पनि सँगै लैजाने अध्यक्ष राउतले जानकारी दिनुभयो ।