RayNewsDaily
चट्याङ लागेर एक जनाको मृत्यु   

ताप्लेजुङ । सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।    
    
चट्याङ लागेर घाइते हुनुभएका सिदिङ्वा गाउँपालिका-३ का राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको हो । उहाँको पारिवारिक स्रोतका अनुसार मङ्गलबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर उहाँ घाइते हुनुभएको हो । उहाँलाई तत्काल स्थानीय स्वास्थ्यचौकी पुर्याइएको थियो ।    
    
त्यसैगरी, सिदिङ्वा गाउँपालिका-५ लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङ लागेर घाइते हुनुभएको छ । सत्र वर्षीय लिम्बूलाई चट्याङ लागेको हो । उहाँको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिनुभयो । रासस   

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update