RayNewsDaily
भीरबाट लडेर महिलाको मृत्यु   

बैतडी । बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।    
    
 जिल्लाको सिगास गाउँपालिका-२ खोल्टेकी ५० वर्षीय तारादेवी धामीको भीरबाट लडेर मृत्यु भएको हो । शुक्रबार बिहान ८ बजेतिर घर नजिकैको ताछे भीरमा घाँस काट्न गएकी धामीको लडेर मृत्यु भएको हो ।    
    
 घाँस काट्न गएकी धामी दिउँसोसम्म घर नफर्केपछि खोजी गर्दा भीरबाट एक सयमिटर तल धामीको शव फेला परेको थियो । धामीका श्रीमान, एक छोरा र एक छोरी छिन् । रासस   

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update