RayNewsDaily
सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु   

अमरगढी (डडेल्धुरा) । परशुराम नगरपालिका-७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ ।    
    
जोगबुडास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो । तत्काल अस्पताल पु¥याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्थ्यो । रासस   

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update