नारायणढ-मुग्लिन सडक खण्ड अवरुद्ध

मुग्लिन (चितवन) । पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार आज मध्यान्न १२ बजे इच्छाकामना गाउँपालिका-६ तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।
उहाँका अनुसार अहिले सडक विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ । पहिरो हटाउन दुई घण्टा बढी लाग्न सक्ने प्रहरी निरीक्षक सिंहको भनाइ छ । रासस
प्रकाशित मिति: मंगलबार, असार ३, २०८२ १३:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय