
रे समाचार/न्युयोर्क । संयुक्त राज्य अमेरिकाको न्युयोर्कको म्यानह्याट्टनमा हालै सम्पन्न सातौ “नेपाल डे परेड २०२५” मा पुर्याएको योगदानको कदर गर्दै “आईकन अफ दि नेपाल डे परेड २०२५” उपाधीबाट कृष्ण आचार्यलाई सम्मान गरिएको छ ।
मे १८, २०२५ को कार्यसमितिले कृष्ण आचार्यलाई आर्थिक संयोजकको उत्तरदायित्व दिएको थियो । सो उत्तरदायित्व आचार्यले महत्वपूर्ण ढंगबाट पुरा गरको भन्दै सम्मान प्रदान गरिएको हो ।
आचार्यले आर्थिक संकलनको पाटोलाई अहोरात्र खट्दै लगभग ३६ हजार अमेरिकी डलर संकलन गरी कार्यक्रम सफल बनाउन योगदान पुर्याउनु भएको थियो । उहाँलाई नेपाल डे परेड २०२५ का अध्यक्ष छिरिंग शेर्पाले १ जुन २०२५ आईतबार सककाझ क्विन्सको ज्याक्सन हाईट्समा आयोजित एप्रिसिएसन नाईट कार्यक्रममा सो सम्मान प्रदान गरिएको हो ।
आचार्यलाई कार्यक्रमका प्रमुख अतिथी संयुक्त राष्ट्र संघका लागी नेपालको तर्फबाट सहायक स्थायी प्रतिनिधी कौशल किशोर रायले सो सम्मान हस्तान्तरण गर्नुभएको हो ।
आचार्य लायन्स क्लब क्विन्स बुद्ध, न्युयोर्कका चार्टर्ड अध्यक्ष र जमैका नेपाली समाजका अध्यक्ष हुनुहुन्छ । उहाँले न्युयोर्क नेपाली समाजमा बिगत २ दशकदेखि समाजसेवाका माध्ययमबाट योगदान पुर्याउदै आउनु भएको छ ।