RayNewsDaily
तिरुपती उडप्यानल इन्डष्ट्रीमा आगलागी   

इटहरी (सुनसरी) । सुनसरी-मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आज बिहान २ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ ।    
    
इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ । आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ । रासस   

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update