राष्ट्रपतिलाई आगामी बजेटबारे जानकारी

काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटबारे जानकारी गराउनुभएको छ ।
संवैधानिक व्यवस्थाअनुसार सरकारले यही जेठ १५ गते बजेट ल्याउँदै छ । सोही बजेटका बारेमा अर्थमन्त्री पौडेलले आज राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । यसै सन्दर्भमा अर्थमन्त्री पौडेलले आज संसद्मा आर्थिक सर्वेक्षण पेश गर्नुहुने कार्यक्रम छ । रासस
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२ १५:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय