RayNewsDaily
परिवार नियोजन असफल भएपछि वियोगी बुढाथोकीले जन्माए 'चिटचिट'

रे समाचार/काठमाण्डू । वरिष्ठ साहित्यकार वियोगी बुढाथोकीको पाँचौं नियात्रा सङ्ग्रह 'समयले जुटाएको चिटचिट'को काठमाण्डूमा आज आयोजित कार्यक्रममा लोकार्पण गरिएको छ ।

शिवपुरी साहित्य समाज तथा शिवपुरी सन्देश त्रैमासिकको आयोजनामा आयोजित कार्यक्रममा सभापति विष्णुबहादुर सिंह, प्रमुख अतिथि मोहन चापागाई, लेखक वियोगी बुढाथोकी, लेखकपत्नी शकुन्तला बुढाथोकी, समीक्षकद्वय अनुपमा रेग्मी र कपिल अज्ञात लगायतले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको हो ।

499223948_3527812530687967_3096136838309170913_n-1747731037.jpg
समीक्षक अज्ञातले यात्रा संस्मरण र नियात्रामा भएको भिन्नता बारे प्रष्ट पार्दै वियोगिका नियात्रामा ९० प्रतिशत यथार्थ र १० प्रतिशत कल्पना मिसिएको टिप्पणी गर्नुभयो । यसैगरी अर्का समीक्षक रेग्मीले वियोगीले नियात्रामा मुक्तक र गजल पनि मिसिएर आउने उल्लेख गर्दै यो शैली उहाँको अलग्गै भएको बताउनु भयो । समीक्षक मोहन चापागाईंले वियोगीका नियात्रा पढ्दा पाठक सो स्थानमै पुगेको अनुभूति गर्न सक्ने धारणा व्यक्त गर्नुभयो । पुस्तक प्रकाशन संस्था भुँडीपुराण प्रकाशनका अध्यक्ष केशव पराजुलीले उत्कृष्ट पुस्तक प्रकाशन गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।

499151761_3527811050688115_509612245509568167_n-1747731097.jpg
biyogi2-1747731397.jpg
लेखक बुढाथोकीको आजै ७२ औं जन्मोत्सव पनि परेको जानकारी कार्यक्रममा गराइएको थियो । उपस्थित स्रष्टाहरूका तर्फबाट श्रीओम श्रेष्ठ रोदन, प्रोल्लास सिन्धुलीय, भवानी खतिवडा, सोझो गाउँले, प्रकाश घायल लगायतले लेखकलाई शुभकामना दिनुभएको थियो ।  कोषाध्यक्ष माधव बिडारीले सबैको स्वागत गर्नु भएको थियो ।

नेपाली लेखक संघका अध्यक्ष समेत रहनुभएका लेखक वियोगी बुढाथोकीले लेखन‌मा परिवार नियोजन गर्छु भन्दा भन्दै 'समयले जुराएको चि‌टचिट' को जन्म भएको बताउनु भयो । कार्यक्रमका सभापति विष्णुबहादुर सिंहले लेखनमा कहिल्यै पनि परिवार नियोजन नगर्न लेखक वियोगीलाई आग्रह गर्नुभयो ।

 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update