हुरीले घर भत्कँदा एक जनाको मृत्यु   
                        
                        
                                                
                                            
                                                                    भद्रपुर (झापा), २०८२ जेठ १ गते बिहीबार । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।    
    
हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो । यो घटना गए रातिको हो । रासस     
प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ०८:३४
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    