राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान        
                        
                        
                                                
                                            
                                                                    दमौली (तनहुँ) । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका-८ रिस्तीमा आज ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको छ । ढाडे कुलपूजा व्यवस्थापन समितिको आयोजनामा यहाँ भएको पूजाका अवसरमा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको हो ।     
     
त्यस क्रममा राष्ट्रपति पौडेलले नौ जनालाई सम्मान गर्नुभएको स्थानीय श्रीहरि पौडेलले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले स्थानीयवासीसँग यहाँको विकास निर्माणका विषयमा समेत चासो व्यक्त गर्नुभएको थियो ।     
     
राष्ट्रपति पौडेलको पुख्र्यौली थलो रिस्ती हो । राष्ट्रपति पौडेलले आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ । रासस    
 
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १६:०९
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    