
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ का विजयी क्लब र खेलाडीलाई नगद पुरस्कार प्रदान गर्नुभएको छ ।
जङ्गीअड्डा परिसरमा यही वैशाख २१ देखि सञ्चालित उक्त प्रतियोगितामा क्लबतर्फ त्रिभुवन आर्मी क्लब प्रथम, काठमाडौँ लन टेनिस एशोसिएन द्वितीय र नेपाल टेनिस एशोसिएसन तृतीय भएका छन् ।
प्रतियोगितामा महिला व्यक्तिगततर्फ सिभाली गुरुङ, स्वस्तिका विष्ट तथा सुनिरा थापा र प्रकृति श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो तथा पुरुषतर्फ प्रदीप खड्का प्रथम, आरभसम्राट हाडा द्वितीय तथा निशान श्रेष्ठ र प्रणव मानन्धर तृतीय हुनुभयो ।
खुला तथा भेट्रान्सतर्फ १२ विधामा खेल भएका थिए । प्रतियोगितामा नौ क्लबका १५ महिलासहित १९६ जना सहभागी थिए । नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना भएको हो । रासस