विश्व स्मृति तथा मेलमिलाप दिवस आज   
                        
                        
                                                
                                            
                                                                    काठमाण्डू । आज विश्व स्मृति तथा मेलमिलाप दिवस हो ।    
    
संयुक्त राष्ट्रसङ्घको आह्वानमा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरूको सम्झना तथा मेलमिलाप दिवसका रुपमा सन् २००४ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।    
    
राष्ट्रसङ्घीय महासभाले मे ८ र ९ तारिखमा यो दिवस मनाउन विश्वका सबै देशहरुलाई आह्वान गरेअनुरुप विभिन्न राष्ट्रसङ्घीय निकाय, गैरसरकारी संस्था तथा व्यक्तिले समाज र देशका निम्ति योगदान आफ्ना अग्रज तथा दोस्रो विश्वयुद्धका सबै पीडितहरूको स्मरण तथा उनीहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेर स्मृति दिवस मनाउँदै आएका छन् । न्युयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयमा आज विशेष स्मृतिसभा हुँदैछ । रासस   
 
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ०८:०७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    