
रमेश हतुवाली/विराटनगर । पूर्वमन्त्री एवं प्रसिद्ध साहित्यकार प्रदीप नेपालको निधन भएको छ । उहाँ लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित हुनुहुन्थ्यो । नेपालका भतिज अनिल पौडेलले उहाँको निधनको पुष्टि गर्नुभएको छ ।
नेपाललाई ४ दिनअघि नर्भिक अस्पताल भर्ना गरिएको थियो । उहाँको आज अपराह्न ४ बजे निधन भएको थियो ।
२०५९ सालमा मस्तिष्काघात भएपछि उहाँलाई पार्किन्स रोग देखापरेको थियो ।
नेकपा एमालेका नेता नेपालका दर्जनौं साहित्यिक कृतिहरू प्रकाशित छन् । उहाँका दर्जनौं उपन्यास, कथा, नियात्रा र गीतका पुस्तक प्रकाशित छन् ।
तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री हुनुभएका बेला नेपाल सञ्चारमन्त्री बन्नुभएकव थियो । त्यसपछि उहाँ शिक्षामन्त्री पनि बन्नुभयो । स्वास्थ्य अवस्था सहज नभएपछि पछिल्ला केही वर्षयता उहाँ राजनीतिमा निस्क्रिय रहँदै आउनु भएको थियो । बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने नेपाल साहित्यमा सञ्जय थापा उपनामले पनि प्रसिद्ध हुनुहुन्छ ।
२०१० पुस ८ गते भोजपुरको पोखरे गाउँमा जन्मिनुभएका नेपाल रोगले थलिएपछि गुमनाम जीवन बिताइरहनुभएको थियो ।